उदयराज अधिकारी ।
दैलेखको भैरवी गाउँपालीका केन्द्रिय बिद्युत प्रशारण लाईनेमा जोडिने भएको छ । बिगतमा भैरवी गाउँपालीकाको डाडाीमाडी बजार सम्म पुगेको प्रशारण लाईन गाउँपालीको केन्द्रमा सम्म जोडिएको छ । बिद्युत नहुदा सेवा प्रवाह गर्न समस्या भएको गाउँपालीकामा अव बिद्युत आपुर्ती संगै सेवा प्रवाहामा सजिलो हुने गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद देवकोटा बताए ।

आफुहरुले गाउँपालीकामा बिद्युतको समस्या भएको कुरा लगातार बिद्युत प्राबिधिकरण संग राखेपश्चात बिदुत प्राधिकरणले आफ्नो मागलाई सम्बोधन गरी सहयोग गरेको गाउँपालीकाका अध्यक्ष प्रेम बहादुर बुढाले जानकारी दिए । उनले अव छिटै गाउँपालीकाका सबै वडामा बिद्युत बिस्तार गर्न सजिलो भएको बताएका छन ।