कर्णाली अनलाईन । सरकारले बिहिबार सार्वजनिक गरेका मुलुकका १ सय नयाँ पर्यटकिय स्थलहरु मध्ये दैलेखका २ वटा क्षेत्रहरुपनी परेका छन् । दैलेखमा रहेका कोतगढी-पञ्चदेवल-बेलासपुर-महावु पर्यटकिय बिकास र नारायण नगरपालिका क्षेत्र परेका छन् । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई सार्वजनिक गरि तिनको प्रवद्र्धन गर्नका लागी आज मुलुकभर गरि १ सय वटा नयाँ पर्यटकिय क्षेत्रहरु सार्वजनिक गरेको हो ।

बिहिबार सार्वजनिक पर्यटकिय क्षेत्रहरुमा दैलेखका कोतगढी, पञ्चदेवल, बेलासपुर र महावुलाई एउटै पर्यटकिय रुटका रुपमा सार्वजनिक गरेको छ भने नारायण नगरपालिका क्षेत्रलाई पनी अर्को पर्यटकिय क्षेत्रका रुपमा सार्वजनिक गरिएको हो । सरकारको पर्यटकिय क्षेत्रहरुको सुचिमा अहिले सम्म दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र मात्र रहेको थियो । यो सगैँ सरकारको सुचि अनुसार वैधानिक रुपमा दैलेखमा अब ३ वटा पर्यटकिय क्षेत्रहरु भएका छन् । दैलेखमा अन्य बिभिन्न क्षेत्रहरुमा पनी पर्यटकिय क्षेत्रहरुमा प्रशस्त सम्भावना भएको भएपनी यि क्षेत्रहरुलाई मात्र छनोट गरिएको छ ।

कोतगढी, पञ्चदेवल, बेलासपुर र महावु लगायतका चारवटा पर्यटकिय गन्तव्यहरुलाई एउटै रुटका रुपमा पर्यटकिय क्षेत्रहरु बनाईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि देशभरबाट ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो । नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिने उल्लेख गरिएको छ । ‘नेपाल भ्रमण वर्ष’ मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन गर्ने योजना पनी बनाईएको छ । देशभर रहेका यि नयाँ गन्तब्य प्रवद्र्धन गर्नका लागी सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । फोटो साभारः गुगल