काठमाडौँ । सुन्दा पनि अनौठो लाग्छ, ७ वर्षमा आउनुपर्ने मेलम्ची २६ वर्षको वसन्त वरिपरि घुम्दा पनि अझै शंकाको घेरामा छ । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको प्रगति आशालाग्दो छ । तर, जनजनको एउटै प्रश्न छ, ‘आउला त मेलम्चीको पानी ?’

बाल्यकालदेखि नै मेलम्चीको कथा सुनेकी बिना मगर २०७४ चैत्र २ गते खानेपानी तथा सरसफाई मन्त्री बनिन् । त्यसपछि उनकै थाप्लोमा आयो मेलम्ची नामक ‘बिरबलको खिचडी’ । सबै मन्त्रीले मेलम्ची दशैंमा आउँछ, पौषमा आउँछ, नयाँ वर्षमा आउँछन् भन्ने भाषण गर्न छोडेनन् । मन्त्री मगरलाई पनि त्यही चिन्ताले सतायो, ‘कतै मेरो कार्यकाल पनि त्यसरी नै बित्ने पो हो कि ?’

यसअघिका मन्त्रीहरु मुस्किलले एक दिन मेलम्ची पुग्थे, औपचारिक निरीक्षण गर्थे, मेलम्ची बोर्ड, सिएमसी कम्पनि र कर्मचारीको ब्रिफिङ सुन्थे र भन्थे, ‘काम राम्रै भएको छ, छिटै आयोजना सम्पन्न गर्नुपर्छ ।’ समयमै आयोजना सम्पन्न गर्नुपर्छ भन्ने औपचारिक कुराबाहेक कमैले मात्र मेलम्चीबारे गहिरो चासों राखे ।

बिना मगर मन्त्री बनेपछि उनले मेलम्चीको वास्तविक अवस्था पत्ता लगाउन निकै खानतलासी गरिन् । ७ वर्षमा सकिनुपर्ने आयोजना किन अढाई दशक लाग्यो रु कहाँ छ समस्या रु किन हुँदैन प्रगति रु यस्तै–यस्तै प्रश्नहरुको जवाफमा उनी घोत्लिइन् । त्यसयता उनी दिनहुँजसो मेलम्ची कसरी काठमाडौं ल्याउने भन्ने चिन्ताका साथ काम गरिरहेकी छिन् ।

चैतको अन्तिममा २६ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गराउन उनले निकै ठूलो मेहेनत लगाइन् । यस बीचमा उनी चारपटक मेलम्ची र चारपटक सुन्दरीजल पुगेर आयोजनाको स्थलगत निरीक्षण मात्र गरिनन्, आयोजनाका समस्या, सरकार र मन्त्रालयले खेल्नुपर्ने भूमिका, आयोजनामा प्रगति हुन नसक्नुका कारण आदिबारे अन्तरक्रिया पनि गरिन् ।

मेलम्चीको ठेक्का लिएको सिएमसी कम्पनिले तोकिएको समयमा काम नगरेपछि उनले ठेकेदार कम्पनि, मेलम्ची बोर्ड, परामर्शदाता कम्पनिसँग पनि गम्भीर ढंगले कुरा गरिन् । काममा अपेक्षित प्रगति नभएपछि उनले ठेकेदार कम्पनिका म्यानेजर डिजर्जिओ र सूर्य शाहलाई हटाउन लगाइन् र नयाँ म्यानेजर पठाउन ठेकेदार कम्पनिलाई आग्रह गरिन् । उनको आग्रहपछि सिएमसी कम्पनिले क्रिस्टियन गेर्कोलाई नयाँ म्यानेजरका रुपमा पठाएको छ । उनी आएपछि आयोजनाको कामले ३ गुणा प्रगति हासिल गरेको आयोजनाका एक कर्मचारीले बताए ।

अब मेलम्ची नबन्ला भन्नुपर्ने ठाउँ छैन । तर, आउँछ कहिले रु यो प्रश्न भने धेरैको दिमागमा घुमेको प्रश्न हो । ‘सुरुङभित्रको भुइँ ढलानको काम एक तिहाई सकिएको छ, ग्रिलिङका मेसिन ल्याउने तयारी भइरहेको छ । सुरुङभित्रको भेन्टिलेसन निर्माणको काममा पनि प्रगति आएको छ । यता सुन्दरीजलमा पानी प्रशोधन र रिजर्भका लागि आवश्यक पर्ने सम्पूर्ण प्रविधि र संरचना तयार भएका छन् ।

ठेकेदार कम्पनिले नयाँ म्यानेजर पठाएपछि काममा काफी प्रगति आएको छ । आयोजनाको प्रगतिले आफूहरु उत्साहित भएको मन्त्री मगरका स्वकीय सचिव रमेश भट्टले बताए । भट्टले भने, ‘नयाँ म्यानेजर आएदेखि काम एकदमै तीब्र गतिमा अघि बढेको छ, यसरी नै अघि बढ्यो हो भने दशैंसम्म सबै काम सकिन्छ ।’

मन्त्री मगरले मेलम्चीको अनुगमन र दैनिक रिपोर्टका लागि आफ्नो सचिवालयको टिम खटाएकी छिन् । भट्ट भन्छन्, ‘हामी दिनहुँजसो मेलम्ची र सुन्दरीजल पुग्छौं, समस्या भए मन्त्रीज्यूलाई रिपोर्ट गर्छौं र तोकिएकै समयमा आयोजना सम्पन्न गर्नुपर्ने कुरामा ठेकेदार कम्पनि र मेलम्ची बोर्डका कर्मचारीलाई घच्घचाउँछौं ।’

मन्त्री र सचिवालयका कर्मचारीको दैनिक अनुगमनले ठेकेदार र कर्मचारीमा पनि दवाव बढेको छ । एक कर्मचारीले भने, ‘मन्त्रीज्यू मेलम्चीबारे कसैसँग सम्झौता गर्दिनँ भन्नुहुन्छ । समस्या के छ, मलाई भन्नु । तर, तोकिएकै समयमा काठमाडौंलाई पानी उपलब्ध गराउनुपर्यो ।’ उनले थपे, ‘यस्तै मन्त्री पहिला भएको भए उहिल्यै मेलम्ची आउँथ्यो ।

७ वर्षको मेलम्ची किन पुग्यो २६ वर्ष रु यो प्रश्नको कमैले मात्र गहिरो उत्तर खोजेका छन् । राजनीतिक द्धन्द्ध, बन्द–हड्ताल, अस्थिरता, दलगत स्वार्थ, ठेकेदार कम्पनिसँग मन्त्रीहरुको मिलेमतो र निरिहता, फिल्डमा नभएर कागजमा विश्वास गर्ने कार्यशैली, काम ढिलो गरेर लागत बढाउने प्रवृत्ति, ठेकेदारसँग कर्मचारीको मिलेमतो, आन्तरिक टक्कर आदि कारण मेलम्चीले दुर्दशा बेहोर्यो ।

अहिले मन्त्री मगरले दृढ संकल्पका साथ यी सबै चूनौतिसँग लडिरहेकी छिन् । भन्छिन्, ‘मेलम्ची अब काठमाडौंबासीको सपनाको कुरा रहन्नँ ।’