प्रहरी-नेकपा (बिप्लव) झडपः गमगढीमा के के भयो ? (पुरा जानकारी सहित)

कर्णालीराजनीति

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार १२:४२


मुगु । सदरमुकाम गमगढीमा शुक्रबार दिउसोँ नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका नेता कार्यकर्ता र प्रहरी बिच झडप भएको छ । दोहोरो झडपमा दुई सुरक्षाकर्मी सहित विप्लवका केही कार्यकर्ता घाईते भएका छन् ।

कृष्णचोकमा विप्लवका कार्यकर्ताले भ्रष्टचार र मदिरा विरुद्ध जनसाँस्कृतिक कार्यक्रम गरिरहेको समयमा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको थियो ।

झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका छन् । धामीको टाउकोमा चोट लागेको छ ।

झडप नियन्त्रणमा ल्याउनका लागी प्रहरीले दुई राउण्ड अश्रु ग्यास फायर गरेको छ । शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ को जनसभामा प्रहरीले हस्तक्षेप गरेको हो । उक्त कार्यक्रमस्थलबाट नेकपाका मुगु इन्चार्ज संगम र जिल्ला सचिवालय सदस्य अडिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय भन्दै भत्र्सना गरेका छन् । इन्चार्ज बीसीले गिरफ्तार परेका नेताकार्यकर्तालाई बिनासर्त तुरुन्त रिहाइको माग गर्दै आफ्नो पार्टीले शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया