मुगुमा प्रहरी र बिप्लव कार्यकर्ता बिच झडप, प्रहरी घाईते, ३ पक्राउ

कर्णाली

प्रकाशित मिति: २२ असार २०७५, शुक्रबार १०:१६


मुगु । मुगुमा प्रहरी र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका कार्यकर्ताको झडप भएको छ । सदरमुकाम गमगढीमा नेकपाले आयोजना गरेको सास्कृतिक कार्यक्रममा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेप पछि नेकपाका कार्यकर्ताले ढुगांमुढा गरेका थिए । झडपमा परी २ जना शसस्त्र प्रहरी घाईते भएका छन् । घाईतेको सदरमुकाममा उपचार भईरहेको छ । यता, झडपबाट प्रहरीले नेकपाका एरिया ईन्चार्ज गणेश बहादुर सावद (अडिक) सहित ३ जना बिप्लव कार्यकर्ता पक्राउ परेका छन् ।

झडपमा प्रहरीले २ राउण्ड अश्रु ग्यास फायर गरेको थियो ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया