काठमाडौं । देशकै सबैभन्दा पुरानो वीर अस्पतालले वर्षौंपछि आफ्नो रुप फेरेको छ । सामाजिक अभियन्ता तथा कलाकार सिताराम कट्टेल धुर्मुसको अगुवाईमा रंगरोगनको काम सकिएपछि अस्पतालले रुप फेरेको हो ।

४४ दिनमा अस्पताल भवन तथा पर्खालमा रंगरोगन गर्ने काम सकिएको हो । अस्पतालको रुप फेर्न कट्टेलले अगुवाई गरेपछि वीर अस्पताल प्रशासन, स्वास्थ्य मन्त्रालय तथा अरु कलाकार र अभियन्ताले पनि सहयोग गरेका थिए ।

सबै रंगरोगन गर्न झण्डै एक करोड रुपैयाँ खर्च भएको छ । रंगरोगनमा लागेको खर्च स्वास्थ्य मन्त्रालयले ब्यहोर्नेबारे छलफल भैरहेको छ । तस्बिर साभार: सिताराम कट्टेलको फेसबुक