च्याउ खेती सम्बन्धि व्यवसायिक तालिम पाएपछि महिलाहरु खुशी

देशप्रदेश खबर

प्रकाशित मिति: ६ असार २०७५, बुधबार १५:०४


गगमढी । मुगुको छायाँनाथ रारा नगरपालिकाका बिभिन्न क्षेत्रका महिलाहरु च्याउ खेती सम्बन्धि व्यवसायीक तालिम पाएपछि खुशी भएका छन् । बेलायत सरकारको सहयोगमा नेपाल पुनं निर्माण संस्था (आरआरएन) मुगुद्धारा सञ्चालित सामुदायिक बिकास कार्यक्रम (सिडिपी) को आयोजनामा महिलाहरुलाई उक्त तालिम दिईएको छ ।

तालिमा च्याउ खेती गर्ने तरिकाका बिषयमा र च्याउको बजार प्रवद्र्धन लगायतका बिषयमा महिलाहरुलाई जानकारी गराईएको सिडिपीका जिविकोपार्जन तथा शुसासन अधिकृत हिरा बोहोराले बताए । ‘जति सक्यो महिलाहरु आत्मनिर्भर हुन्, भन्ने हिसावले तालिम प्रदान गरिएको हो ।’ उनले थपे ‘सदरमुकाम आसपासमा च्याउ खेतीको राम्रो सम्भावना पनी छ ।’

संस्थाद्धारा गठित नागरिक सचेतना केन्द्र मार्फत छनोट गरेर तालिममा सहभागि गराईएका १९ महिला र १ पुरुषलाई कृषि प्रसार अधिकृत रामसुरत पाल र सहायक प्रशिक्षक रामराज कार्किले प्रशिक्षण दिनुभएको थियो ।

यता तालिमका सहभागि महिलाहरुले आफुहरुले सिप सिकेको र जतिसक्यो व्यवसायिक रुपमा च्याउ खेती गर्ने भन्दै खुशी व्यक्त गरेका छन् ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया