नाग्मा- गमगढी सडक खण्डको ताल्चा- तुम सडक सुधारको काम शुरु

कर्णाली

प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार १३:०६


                                                                                             साङकेतिक तस्विर

कर्णाली अनलाईन ।
मुगु, गमगढी । नाग्म–गमगढी राजमार्गमा स्तरवृद्धिको लागि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायी बरमजंग बमलाई प्रहरीले पक्राउ गरेपटि नाग्मा गमगढी सडक खण्डको ताल्चा तुम सडक अलपत्र परेको थियो । गएको जेष्ठ २३ गते बुद्यबार ठेकेदार पक्राउ परेपछि अर्का ठेक्केदार मार्फत अलपत्र काम सुचारु भएको छ ।

सडकको स्तर सुधारको काम अति आवश्यक भएकाले बिभिन्न क्षेत्रहरुमा समन्वय गर्दै पक्राउ परेका निर्माण व्यवसायीले अर्को निर्माण कम्पनीलाई अख्तियारी दिलाएर अर्का ठेक्केदार मार्फत काम शुरु गरिएको मुगुका प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । ‘बाटोको स्थिती पनी ठिक छैन् र अब बर्षातको समयमा झन समस्या थपिने अनुमान गरेर यसको काम छिटो भन्दा छिटो सम्पन्न गराउने गरी निर्देशन दिएका छौ ।’ अधिकारीले कर्णाली अनलाईनसगँ भन्नुभयो ।

बर्षातको समय शुरु हुनु भन्दा अगावै सडक सुधार भएको खण्डमा मुगुवासीले सो समयमा पनी कष्टका साथ गमगढी – ताल्चा सडक खण्डमा यात्रा गर्नु नपर्ने उहाँको बिश्वास छ ।

यो पनी पढ्नुहोसः नाग्म- गमगढी सडक: समयमै काम नगर्ने ठेकेदार पक्राउ

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया