प्रेमी निक जोनासको हात समाउँदै विवाहमा पुगिन् प्रियंका

देश

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलवार ११:१२


एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी पप गायक निक जोनास अहिले मिडियामा छाइरहेका छन् । खबरहरुका अनुसार प्रियंका र निक एक अर्कासँग डेटिङ गरिरहेका छन् । पछिल्लो समयमा दुवैलाई कयौं पटक एकसाथ देखिन थालिएको छ । कैयौं पटक दुवैले साथमा समय बिताएको देखेर यी दुईबीच केही चलिरहेको अनुमान हलिउडका मिडियाले लगाउँदै आएका छन् ।

यस किसिमका खबरहरु आए पनि प्रियंका र निकले कुनै प्रतिक्रिया जनाएका छैनन् । तर सामाजिक सञ्जालहरुमा एक अर्काको फोटोहरुमा कमेन्ट भने गरिरहेका छन् । उनीहरुको यस किसिमको क्रियाकलापले दुवैले एक अर्कालाई डेट गरिरहेको सजिलै अनुमान गर्न सकिन्छ ।

हालै प्रियंका निकको हात समाउँदै निकका दाईको विवाहको कार्यक्रममा उपस्थित भएकी थिइन् । विवाहमा लिइएका तस्बिरहरुबाट प्रियंका निकको परिवारसँग पनि घुलमिल भइसकेकी छिन भन्ने भान हुन्छ ।

विवाह समारोहमा खिचिएका प्रियंका र निकका तस्विरहरु अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा छाइरहेका छन् ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया