नेविसंघ मुगुले जलायो प्रधानमन्त्रिको पुत्ला

देशप्रदेश खबरराजनीति

प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलवार ०४:५९


मुकेश चौलागाई/कर्णाली अनलाईन ।
गगमढी । सरकारले सार्वजनिक गरेको बजेट तथा निती कार्यक्रम पछि देशभर र मुगुमा पनी पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामाग्रीको मुल्यबृद्धी भएको भन्दै नेविसंघ मुगुले बिभिन्न बिरोधका कार्यक्रमको पहिलो चरण अन्र्तगत हिजो सोमबार प्रधानमन्त्रि केपी शर्मा वलीको पुत्ला दहन गरेको छ ।

गएको शनिबारबाट बिभिन्न बिरोधका कार्यक्रम जारी राखेको नेपाल बिद्यार्थी संघले शनिबार सिटी जुलुस, आईतबार राके जुलुस र हिजो सोमबार प्रधानमन्त्रिको पुत्ला जनाएको हो । मुगु सहित देशैभर नेपाल बिद्यार्थी संघका आन्दोलनका कार्यक्रम जारी रहेका छन् ।

सोमबारको पुत्ला दहन कार्यक्रममा नेविसंघ र नेपाल प्रहरी बिच सामान्य झडप पनी भएको थियो । सरकारले बजेट, निती तथा कार्यक्रम सार्वजनिक गरेको केही समयमै मुल्यबृद्धीले जनताको ढाड सेकिरहेको भन्दै यसतर्फ सबैलाई सचेत बनाउन आन्दोलनका कार्यक्रम गरिएको नेविसंघ मुगुले जनाएको छ ।

नेविसंघको केन्द्रिय कार्यालयको निर्देशन अनुरुप भईरहेको आन्दोलन मुल्यबृद्धी फिर्ता नलिए सम्म जारी रहने र सरकारलाई सडकबाटै घुडा टेकाउने उदेश्यले आन्दोलनका कार्यक्रम जारी रहेको बताईएको छ ।

फोटो साभार धर्मराज शाहीको फेसबुकबाट

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया