मुगु ५५ औँ जिल्लाका रुपमा खुल्ला दिशा मुक्त घोषणा

कर्णालीदेश

प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार ११:५०


मुकेश चौलागाई/कर्णाली अनलाईन ।
मुगु, गमगढी । कर्णाली प्रदेशको बिकट जिल्ला मुगुलाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको छ । मुगु जिल्लामा रहेका ९७.०५ प्रतिशत घरधुरीले चर्पिको निर्माण गरिएपछि मुगुलाई ५५ औँ जिल्लाका रुपमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीका अनुसार मुगुका ०२.०५ प्रतिशत घरधुरीले साझेदारीका रुपमा चर्पि प्रयोग गरिरहेको बताईएको छ ।

एक नगरपालिका र तिन वटा गाउँपालिका रहेको मुगुका साविकका २४ वटै गाउँ बिकास समितीहरु लाई खुल्ला दिशा मुक्त गाविस घोषणा गरिएको भएपनि त्यसको एक बर्षपछि मात्रै मुगुलाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरिएको हो । निर्माण भएका शौचालयहरु परिवारका सबै सदस्यहरुले प्रयोग गर्ने गरेको र ७२ प्रतिशत शौचालयमा सरसफाई सामाग्री रहेको उल्लेख गरिएको छ ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया