चीनले अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी आरोप

विश्व

प्रकाशित मिति: २६ जेष्ठ २०७५, शनिबार १२:००


एजेन्सी । अमेरिकी संघीय जाँच ब्यूरो ९एफबीआई०ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ । एफबीआईले आवाजको गतिमा उड्ने सुपरसोनिक मिसाईल परियोजनाको जहाजसम्बन्धी सूचना चोरी गरेको दाबी गरेको हो ।

गत जनवरी र फेब्रुअरीमा तथ्यांकमाथि आक्रमण भएको अमेरिकी सञ्चार संस्था सीबीएस न्युजले जनाएको छ । अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाइएको छ ।

रोड आइल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिइएको पनडुब्बिका लागी अध्ययन भइरहेको थियो ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया