पत्रकार धम्कीको बिषयमा मुगु महासघंको यस्तो निर्णय, मदिरा र लागुपदार्थ नियन्त्रणमा पनी सहयोग गरिने

कर्णालीदेश

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलवार ०५:१०


शन्तोष रेग्मी/कर्णाली अनलाईन ।
मुगु । नेपाल पत्रकार महासघं मुगु शाखाको मगंलबार बसेको आकष्मिक बैठकले बिभिन्न निर्णय गरेको छ । नेपाल पत्रकार महासघं मुगु शाखाका उपाध्यक्ष तथा न्युज २४ टिभीका जिल्ला संवाददाता दान बहादुर बुढालाई खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मुगुका कार्यालय प्रमुखले धम्काएको बिषयमा महासघंको आकष्मिक बैठक बसेको थियो । मगंलबार बिहान महासंघका मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले बुढालाई धम्काएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुढाले कार्यालयमै बस्दैनन् कार्यालय प्रमुख भन्ने बिषयको समाचार न्युज २४ टेलीभिजनमा प्रसारण गरेका थिए । सोही समाचारकै बिषयमा सोमबार खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मुगुका प्रमुख रविमोहन कोईरालाले सार्वजनिक ठाउँमा बुढालाई धम्की दिएका थिए । महासंघले यहि बिषय वा अन्य सत्य तथ्य समाचारका बिषयमा पत्रकारहरु माथी धम्की आएको खण्डमा महासंघ तथा जिल्लामा कार्यरत पत्रकारहरु एकजुट भए अगाडी बढ्ने निर्णय समेत गरेको छ ।

यता, महासंघको सोही आकष्मिक बैठकले केन्द्र सरकार, प्रदेश सरकारले मदिरा तथा लागुऔषध नियन्त्रणका लागी अभियान नै सञ्चालन गरिरहेकाले मुगुमा कार्यरत पत्रकारहरुले पनी यो बिषयलाई गम्भिरताका साथ समाचार प्रकाशन तथा प्रसारणमा प्राथामिक्क्ता दिने र सरकार तथा प्रशासनको यो अभियानलाई सक्दो सहयोग गर्ने निर्णय समेत गरेको छ ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया