चीनले बनायो समुद्रमा विश्वकै लामो पुल

विश्व

प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार १२:०५

एजेन्सी । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ । ५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ । पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ ।

यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ । यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया