हुम्ला । बाकस भित्र आगोको झिल्को पसेर एक लाख नगद नष्ट भएको छ ।

सर्केगाड गाउँपालिका–६, बराइगाउँका सकराम ऐडीको घर भित्र राखेको नगद एक लाख रुपैयाँ आगोले जलेर नष्ट भएको हो ।
बाकस भित्र सुरक्षित राखेको नगद आफ्नै परिवारका सदस्यले दियालो बालेर अरु सामान खोज्दा झिल्को परी नोटमा आगलागी भएको अवस्थामा भेट्रिएको ऐडीले बताउनुभयो ।

ऐडी गणेश आधारभुत विद्यालय पालीका प्रधानाध्यापक समेत हुनुहुन्छ । आगोले नष्ट भएको पैसा विद्यालयको बालबालिका खाजाको पैसा भएको जनाइएको छ । विद्यालयमा लैजान लागेको त्यो पैसा घरमा राख्दा आगोले नष्ट भएर आफू सदरमुकाम सिमकोटमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा सल्लाह माग्न आएको ऐडीले बताउनुभयो ।

बैंकले पोलिएको पैसा जिल्ला शाखामा नसाटिने बताएपछि अन्योलमा परेको उहाँले बताउनुभयो । आगोले पूरै जलेका केही नोट र आधा भाग जलेका केही नोट नम्बर बाँकी भएमा साट्रन सकिने बैंकबाट सल्लाह पाएको ऐडीले जानकारी दिनुभयो ।

विद्यालयमा बालबालिकाको खाजा खर्चवापतको एक लाख नोट घरमा राखेका अवस्थामा वाकस भित्र आगोले जलेको अवस्था भेटिएको ऐडीले जानकारी दिनुभएको छ ।