मोदी भ्रमणबारे संसदमा के भने प्रधानमन्त्री ओलीले ?

राजनीति

प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार ०८:५६


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएका सहमतिसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका छन् । दुर्इ दिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे बोल्दै ओलीले भ्रमण सफल भएको बताए ।

ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाएका छन् ।अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको बताए ।

भ्रमणले दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाएको ओलीले बताए । भ्रमण नेपालका लागि मात्र नभई भारतको लागि पनि फदाई रहेको उनको भनाई थियो । संवोधनको क्रममा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया