काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको एक्लाएक्लै भएको भेटवार्ताबारे आफ्नो पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ् गरेका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओलीसँगको भेटवार्तामा एमाले र माओवादी केन्द्रबीचको एकताबारे आफू निकटका नेताहरुलाई ब्रिफ गरेका हुन् । माओवादी केन्द्रका एक नेताले दिएको जानकारी अनुसार प्रचण्डले आजको बैठकमा ओलीले आफ्नो एटिच्यूट परिवर्तन नगरे एकता सम्भव नहुने बताएका थिए ।

एकताको लागि प्रचण्डले ५०/५० को अनुपातको प्रस्ताव राखेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापनाको दिवस पारेर वैशाख ९ गते गर्ने भनेको एकता घोषणा टर्ने देखिएको छ।

चैत २५ गतेपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल नभएको र माओवादीले एकता अनुमोदन गर्न पार्टीका कुनै बैठक नडाकेकाले वैशाख ९ गते नै एकता हुनेमा आशंका उब्जिएको छ।