मुगुको बालै गाउँ छाउगोठमुक्त घोषणा

कर्णालीप्रदेश खबरसूचना प्रविधि

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०१:१७


नन्द बहादुर रोकाया
गमगढी, मुगु । मुगु सदरमुकामग गमगढी नजिकै छायाँनाथ रारा नगरपालीका ६ मा पर्ने बालै गाउँलाई छाउगोठ मुक्त घोषण गरिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ को आयोजना र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिसडेक मुगुको सहजिकरणमा छाउगोठ मुक्त गाउँ घोषणा गरिएको हो ।

५५ घरधुरीरहेको बालै गाउँमा महिनावारी भएकाबेला छोरीबुहारी, किशोरीहरु गोठमा नबस्ने र सुरक्षित कोठा बनाएर घर भित्रै बस्ने भएकाले बालै गाउँलाई छाउपडी गोठमुक्त गाउँ घोषणा गरिएको छायाँनाथ रारा नगरपालीका ६ नम्बर वडाकार्यलयले जनाएको छ ।


२०७१ सालमा मध्यपश्चिमकै पहिलो पटक साविकको रोवा गाविसको सोभा गाउँलाई छाउ गोठमुक्त गाउँ घोषणा गरिएको थियो भने त्यसपछि गएको माघ महिनामा नगरपालिका माथि तुम गाउँलाई छाउगोठमुक्त घोषणागरिएको थियो ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया