उपल्लो डोल्पामा हिमपात, स्थानीयबासी खुसी

कर्णालीप्रदेश खबर

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०१:०५

लेख बुढा
दुनै, डोल्पा । उपल्लो डोल्पाका विभिन्न क्षेत्रहरुमा हिमपात भएको छ । विहिवार रातिदेखि आज दिउँसोसम्ममा उपल्लो डोल्पाका शेफोक्सुन्डो गाउपालीका, छार्का ताङ्गसोङ्ग गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिकाका विभिन्न ठाउँहरुमा हिमपात भएको हो । मध्य र तल्लो डोल्पाका विभिन्न ठाउँहरुमा पानी परेको छ । यो समय विशेष गरेर किसानहरु खेतबारीमा, आलु, खुर्सानी, लगायतका अन्नबाली रोप्ने समय भएकोले हिउसगैँ पानी परेपछि स्थानीयबासी खुसी भएका हुन् ।

विशेष गरेर डोल्पाका भोट क्षेत्रहरुमा हिमपात धेरै भएपछि यार्सा, कुम्भु धेरै पाउने आशाले स्थानीयबासी खुसी भएको शेफोक्सुन्डो गाउँपालीकाका आङ्गबहादुर लामाले बताउनुभयो ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया