४ वर्षीया छोरीसँग यौन सम्बन्धका लागि विज्ञापन गर्ने बुवालाई ६० वर्ष जेल

रोचक प्रसङ्गविश्व

प्रकाशित मिति: ११ चैत्र २०७४, आईतवार ०८:५८


अमेरिका । टेक्सासको राज्यको एक अदालतले एक जना बुबालाई ६० वर्षका कैद सजाय सुनाएको छ । अदालतले चार वर्षीय छोरीसँग शारीरिक सम्बन्ध राख्नका लागि विज्ञापन दिएको आरोपमा उनलाई ६० वर्षको जेल सजाय सुनाएको हो । प्रहरीले आरोपी एंड्रयू जेम्सलाई २०१५ को नोभेम्बरमा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार एंड्रयू जेम्सले आफ्नो चार वर्षीय छोरीसँग यौनसम्बन्ध राख्नका लागि विज्ञापन गरेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरी अधिकृतले भने, ‘आरोपी जेम्सलाई शुक्रवार टेक्सासको हैरिस काउण्टीको अदालतले १८ वर्ष भन्दा कम उमेरकी किशोरीलाई तस्करी र यौन सम्बन्धका लागि दोषी ठहर गरेको हो ।

आरोपीलाई ६० वर्षको कैद सजाय सुनाइएको छ । अदालतको फैसलापछि अब जेम्स ७५ वर्ष अघि प्यारोलमा पनि छुट्न सक्ने छैनन् । अभियुक्त ३० वर्षीय जेम्सले ‘प्ले विद डैडीज लिटिल गर्ल’ ९बाबाकी सानी छोरीसँग खेल० भनेर विज्ञापन दिएका थिए ।

यसबारेमा जानकारी पाउन ह्यूस्टन नामका प्रहरीले आफै ग्राहक बनेर जेम्ससँग कुरा गरे । र जेम्स तयसका लागि राजी भए । जब प्रहरी अधिकृत कोठामा गए त्यहाँ बालिका विना कपडा कम्बल ओडेर सुतिरहेकी थिइन । प्रहरस्ले तयसपछि अभियुक्तलाई पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धानलाई अगाडि बढाएका थिए ।

कर्णाली अनलाइनसगँ तपाई फेसबुकमा ट्विटरमा र युट्युवमा जोडिन सक्नुहुन्छ ।
फेसबुक:  newskarnaliko
ट्विटर:    karnalionline
युट्युब:    ekarnalionline



तपाईंहरुको प्रतिकृया