राज शाही
 पौष १२ सिमकोट हुम्ला ।।
१ सेट कम्युटर  विधालयलाई हस्तान्तरण गरिएको छ । उक्त कम्युटर खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा रहेको अमरसिह प्राथामिक विधालय याङचुलाई हस्तान्तरण गरिएको हो । रोटरी कलब आर्थिक सहयो र रेडियो कैलासको समन्वयमा उक्त कम्युटर वितरण गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरि सो कम्युटर हस्तान्तरण गरिएको हो । सोही कार्यक्रमको अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष धनविर सुनारको र खार्पुनाथ गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष भिमराज शाहीको  प्रमुख आतिथ्य र सोही वडाका वडा सदस्य भरजंग शाही र खार्पुनाथ गाउँ पालिका वडा नं ४ का वडा सदस्य राजबहादुर जेठारा उक्त विधालयका प्रधानाध्यापक जयलक्ष्मी शाहीको विशेष आतिथ्यमा उक्त सामाग्री वितरण गरिएको नेपाल विधार्थि संघका जिल्ला सदस्य गोर्खबहादुर शाहीले बताएका छन् ।