राजन रावत
१२ पुस सिमकोट हुम्ला ।

कर्णाली करिडोर अन्र्तगत छारे देखि सलिसल्ला खण्डको सडक निर्माण कार्य तिब्र रुपमा भइरहेको छ । हिमपात नहुँदा र डोजरका लागि इन्धनको व्यवस्था हुँदा निर्माण कायले तिव्रता लिएको हो ।

छारे देखि सलिसल्लासम्म कुल २२ किलो मिटर लम्वाईमा सात किलो मिटर निर्माण कार्य सडक निर्माण कम्पनी सपना धुलिखेल जेभिका स्थानीय प्रतिनिधि तेज बहादुर महतले बताए । यस बर्ष हिमपात पनि नहुनु र मुगुवाट इन्धनको व्यवस्था गरिए नियमित रुपमा डोजर संचालन भएकाले सडक निर्माण कार्य तिब्र रुपमा भइरहेको उनको भनाइ छ ।

उनका अनुसनर अहिले सर्केगार्डवाट कल्फेसम्म आठ मिटर चौढा बाटो निर्माण भएको र अबको एक दुई दिनमा सलिसल्लासम्म सडक निर्माण कार्य सम्पन्न हुने छ । उक्त खण्डको निर्माण कार्य सम्पन्न भए पछि सर्केगार्डवाट छारेतर्फ सडक निर्माण गरिने महतले बताए । ढिलोमा आगामी बैशाखसम्म उक्त खण्डको बाटोको निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिईएको र त्यसमा बटुवा तथा हिमपातले साथ दिए निर्धारित सहय मै कार्य सम्पन्न हुने महतको भनाइ छ ।

सडक निर्माण कार्य तिब्र रुपमा भै रहेको हिल्सा सिमकोट सडक योजनाका योजना प्रमुख इन्जिनीयर शशांक मिश्रले बताए । उक्त खण्डको छारे र बिउबारमा कडा चट्टान भए पनि विष्फोटक पदार्थको व्यवस्था भएको कारण निर्माण कार्यमा कुनै कठिनाई नहुँने उनले बताए ।